केआर म्युजिकले कलाकारहरूलाई रोयल्टी प्रदान गर्ने

केआर म्युजिकले कलाकारहरूलाई रोयल्टी प्रदान गर्ने

प्रतिविम्ब न्यूज

खरसाङ 21 अगस्त।

भारतेली नेपाली सांगितीक क्षेत्रलाई एउटा छुट्टै स्थान प्रदान गर्न हेतु खरसाङ महकुमाअन्तर्गत सिटोङका एकता युवाहरूद्वारा सञ्चालित युटुब च्यानल केआर म्युजिक किशोर राई अफिसियल दिल बान्तवाको शब्द/संगीतमा अनि चर्चित गायक कर्ण दासको संगीतमा रहेको गीत “अनुग्रहको झरना” लिरिकल भिडियो सार्वजनिक गर्दै, अबसो दाजीलिङ, तराई, डुवसॅ, सिक्किम, भारतको अन्य राज्य जहाँ नेपालीहरू छन् अनि जसले सांगीतिक क्षेत्रमा लागेर काम गरिरहेका छन् आफ्नै लगानीमा म्युजिक भिडियो बनाउँदै केवल प्रशंसामा मात्रै सिमित छन्। त्यस्ता सम्पूर्ण कलाकारलाई प्रोत्साहन गर्दै नयाँ बनाईरहेको भिडियोहरूलाई KR MUSIC kishor rai official YouTube channel मार्फत अपलोड गराएवापत भ्युवर्सको  गणनानुसार रोयल्टी दिने घोषणा आज बसिएको संवादिक कायॅक्रम माफॅत यस च्यानलका प्रबन्ध निर्देशक किशोर राईले घोषणा गरेका छन्।

यस च्यानलका प्रमुख सल्लाहकार  डिगेल लेप्चाले आफ्नो  सम्वोधनमा अब उसो कलाकार/लगानीकर्तालाई यस युट्युव च्यानलको रोयल्टी दिने घोषणाले केहि सहयोग प्राप्त हुने बताएका छन् ।उनले यस पहलबाट एउटा गीतको म्युजिक भिडियो बनाएर अर्को बनाउनभन्दा भाग्ने स्थिति सिर्जना नहुने पनि बताए। सिटोङ एकका भाईहरुले जुन रिक्स उठाएर काम गर्ने घोषणा गरेको छ बधाई पनि दिदै म सधै भाईहरूको साथमा छु भनी बताएका छन्। उनले भाईहरुले पैसा बेसी भएर यो काम थालेको होईन तर हाम्रो भारतेली नेपाली कलाकार/निर्माताहरूको अवस्था र व्यथालाई मध्यनजर गर्दै केहि हदसम्म सहयोग पुगोस भन्ने हेतुले यो गरेको हो सबै नेपाली श्रोताले सहयोग गरिदिने अपिल पनि गरे।

यसै टिमका सदस्य रूएल लेप्चाले पनि सुलभ मुल्यमा म्युजिक भिडियोहरू खिचिदिने साथै एडिटिङ पनि गरिदिने साथै यसै युट्युब च्यानल माफॅत रोयल्टीमा सावॅजनिक गरिदिने बताए ।

यस टिममा बिशेष क्यामेरामेन/एडिटर रूएल लेप्चा,  गायक करूण राई, क्यामेरामेन रोशन थापा र कोषाध्यक्ष सुदेशता राई छन् भने प्रमुख सल्लाहकार डिगेल लेप्चा, सल्लाहकारहरुमा शिशिर राई, बिक्रम राई, सञ्जीव छेत्री, एलबी थापा, कैलाश सुब्बा रहेका छन्।

सम्पूर्ण कलाकारहरू (गायक/लेखक/अभिनय) सबैले आफ्नो नयाँ म्युजिक भिडियो यस युट्युब च्यानल KR MUSIC kishor rai official माफॅत अपलोड गनॅ 9593784241 मा सम्पकॅ गर्नु सक्ने बताऊदै यस युट्युब च्यानललाई  ब्यापक रूपमा सब्स्क्राईब गनॅलाई प्रचार प्रसार गरेर सहयोग पुराईदिनु हुन बिन्ती पनि गरिएको छ साथै सबै पाठक, संगीतप्रेमी श्रोताहरूले पनि युट्युबमा गएर यस युट्युब च्यानललाई सब्स्क्राईब गरिदिने अनुरोध पनि किशोर राईले गरेका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account