ताजा खबर :

चियाश्रमिकहरूलाई रोजीबाहेक छैन अन्य सुविधा

चियाश्रमिकहरूलाई रोजीबाहेक छैन अन्य सुविधा

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 18 अगस्त।

नागरी मगरजुङ चियाबगानका चियाश्रमिकहरूले दैनिक रोजीबाहेक अन्य कुनै सुविधा नपाएको गुनासो अघि आएको छ। जोइण्ट फोरमले न्यूनत्तम रोजी ऐन लागू गर्ने मागमा पहाडका चियाबगानहरूमा गेटसभा गरिरहेको अवधिनै नागरी मगरजुङ चियाबगानका श्रमिकहरूले पनि कामको दामस्वरूप केवल दैनिक रोजी मात्रै पाउने गरेको गोरामुमोको श्रमिक संगठनले खुलासा गरेको छ।

आज जोइण्ट फोरमको एक घटक दल एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-ले यसै न्यूनत्तम रोजी ऐन लागू गर्ने माग गर्दै नागरी मगरजुङ चियाबगानमा गेटसभा गरेको थियो। जसमा यस चियाबगानमा वर्षौं काम गरेर सेवानिवृत्त भएका श्रमिक-कर्मचारीहरूले अहिलेसम्म ग्रेच्यूटी पनि नपाएको गुनासो पोखे। वर्ष 2015-मा अवकाश ग्रहण गरेका चियाश्रमिकहरूले अहिलेसम्म पनि ग्रेच्यूटी पाएका छैनन्। यति मात्रै होइन, यस चियाबगानका श्रमिकहरूले इमान्दारसित काम गरिरहेका छन्, तर दैनिक रोजीबाहेक अन्य कुनै सुविधा पाएका छैनन्।

यसै विषयको उठान गर्दै हिमालयन प्लान्टेशन वर्कर्स युनियनका कार्यकारी अध्यक्ष जेबी तामाङले चियाश्रमिकहरूका अधिकार दिनुपर्ने माग गरे। यदि चियाश्रमिकहरूले प्लान्टेशन लेबर ऐनअनुसार. अधिकार पाउन नसके चियाबगान मालिक विरूद्ध कठोर कानूनी कार्वाही गर्ने पनि चेताउनी दिए। यसका साथै ग्रेच्यूटी नपाएको विषयमा पनि छानबीन गर्ने उनले एचपीडब्लुयूको नागरी मगरजुङ शाखा समितिलाई निर्देश दिए। स्मरण गराइन्छ, चियाश्रमिकहरूका लागि पनि न्यूनत्तम रोजी ऐन लागू गर्ने माग लिएर विगत केही वर्षदेखि उत्तर बंगालका 29 वटा श्रमिक संगठनहरूद्वारा गठित जोइण्ट फोरमले आन्दोलन गरिरहेको छ। जसमा केही समयअघिसम्म गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन पनि सामेल थियो, तर जोइण्ट फोरमले ताजा आन्दोलनस्वरूप समतलका चियाबगानहरूमा 3 दिन बन्द, पहाडका चियाबगानहरूबाट पक्का चिया बाहिर लान नदिने घोषणा गरेपछि गोजमुमोको श्रमिक संगठनले जोइण्ट फोरमको साथ छोडेको थियो। यसपछि दार्जीलिङ पहाडका अन्य श्रमिक संगठनहरूद्वारा जोइण्ट फोरम हिल सब्-कमिटीको गठन गरी अलगै आन्दोलन गरिरहेका छन्। जुन आन्दोलनको मूल माध्यम हो चियाबगानहरूमा गेटसभा। तर गोजमुमोको श्रमिक संगठनले न्यूनत्तम रोजी ऐनको लागि सरकारपक्षबाट सकारात्मक पहल भइरहेको बताउँदै यसबारे 20 अगस्तको दिन कलकत्तामा एक सभा हुने भएको पनि जानकारी गराएको छ।

फोटोः नागरी मगरजुङ चियाबगानमा गेटसभा।

Related Posts

leave a comment

Create Account



Log In Your Account