ताजा खबर :

एनआरसी विवाद:भूमिहीन पहाड़वासीहरू एनआरसीको तारोमा पर्ने विनयको चिन्ता

एनआरसी विवाद:भूमिहीन पहाड़वासीहरू एनआरसीको तारोमा पर्ने विनयको चिन्ता

भाजपाले हाम्रै जग्गाबाट खेद्ने प्रयास गर्दैछ’ – विनय तामाङ

प्रतिविम्ब न्यूज

कालेबुङ 4 अगस्त।

एनआरसी ड्राफ्टबाट लगभग 2 लाख असमेली गोर्खाहरूको नाम छुटिएपछि यो मुद्दाले अहिलेघरि दार्जीलिङ पहाड़मा पनि निक्कै सनसनी मच्चाएको छ।आसामका 2 लाख गोर्खाहरूको नाम हटिएको खबरसितै बंगालमा पनि एनआरसी लागु गरिने कुराले पनि पहाड़मा निक्कै खैलाबैला मच्चिएको छ। आसाममा झै बंगालमा पनि गोर्खाहरूलाई षड़यन्त्रपूर्वक एनआरसीबाट उच्छेद गरिने षड़यन्त्र हुनसक्ने गोजमुमो अध्यक्ष एवं विनय तामाङले बारम्बार शङ्का ब्यक्त गरिरहेका छन् भने आज फेरि एउटा प्रेस विज्ञप्ति जारी गरेर यस्तै आशङ्का व्यक्त गर्दै भाजपाले गोर्खाहरूलाई आसाम अनि पश्चिम बंगालबाट उच्छेद गर्ने षड़यन्त्र गरिरहेको आरोप लगाएका छन्।

 ‘आज हामी भुमिहीन हाम्रो सन्तानहरूलाई पर्जा पट्टा दिलाउने कार्य गरिरहेका छौं भने अर्को तर्फ भारतीय जनता पार्टीले एनआरसी लागु गरेर हामीलाई नै हाम्रो जग्गाबाट खैदौरो लगाउने प्रयास गरिरहेको छ। हामी यसको घोर प्रतिवाद गर्छौं’, विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर यसो भनेका छन्। तामाङको शङ्काको तीर यतिखेर पर्जापट्टा नभएको दार्जीलिङ पहाड़वासी पनि एनआरसीको दायराबाट उच्छेद हुनसक्ने दिशामा रहेको छ। दार्जीलिङका 80 प्रतिशतभन्दा धेर मानिसहरूको जमीनको पर्जा-पट्टा नरहेकोले जमीन दावी गर्न सक्ने स्थितिमा रहेको छैन। यस्तो अवस्थामा भाजपाले एनआरसी लागु गरे पहाड़का गोर्खाहरू संकटमा पर्न सक्ने चिन्ता उनको बयानमा झल्किएको छ।

उनले गोर्खाहरू भारतमा आफ्नो भुमिसितै आएका हुन् भन्दै इतिहास नै यसको प्रमाण रहेको दाबी गरेका छन्। यस्तो अवस्थामा यता दार्जीलिङ, तराई र डुवर्सका चियाबारीमा बसोबासो गर्ने मानिसहरूको आफनो जमिनको मालिकाना हकदेखि बञ्चित छन् भन्दै उनीहरूलाई आफ्नो जमिनको मालिकाना हक दिलाउन आफुहरू कार्यरत रहेको दाबी पनि गरेका छन्।

 ‘चियाबारीमा बस्ने, बनबस्तीमा बस्ने अनि अन्य स्थानहरूमा बस्ने हाम्रा सन्तानहरू 81.2% हाम्रो सन्तानहरूको आफ्नो जमीनको मालिकाना हकको कागज-पत्र छैनन्। हामी उहाँहरूको यो हक र अधिकार दिलाउन रातदिन लागिरहेका छौं’ विनय तामाङले भनेका छन्। उनले आगमी लोकसभा चुनावलाई हेरेर भाजपाले चुनावी राजनीति गर्दै एनआरसी बङ्गालमा लागु गर्न खोज्दै गोर्खाहरूला अन्याय गर्न खोजेको आरोप पनि लगाएका छन्।

‘भारतीय जनता पार्टी सरकारले आफनो 2019 चुनावलाई हेरेर चुनावी रणनीति बनाउदै एनआरसी बङ्गालमा लागु गरेर हामी गोर्खालाई अन्याय गर्न खोजिरहेछ’ तामाङले अझ भनेका छन् –‘भारतीय जनता पार्टीले बङ्गालमा 2019 आफ्नो प्रभुत्व जमाउन एनआरसी लागु गर्ने प्रयासलाई हामीले विफल बनाउनु पर्छ।’ यसक्रममा विनय तामाङले भाजपा सरकारले ‘गोर्खाको सपना हाम्रो सपना’ पछिबाट छुरी हान्ने काम गरिरहेको पनि आरोप लगाएका छन्। उनले भनेका छन् –‘गोर्खाल्याण्ड र जनजातिको दर्जा दिनु त कता हो कता अब लखेट्ने पो भन्दैछ। हामी सतर्क रहने समय आएको छ।’

तामाङले यस अवसरमा विमल गुरुङलाई पनि टिप्पणी गर्न पछि परेका छैनन्। ‘कतिपय हाम्रै नेतृत्वहरू जसले आफुले आफुलाई गोर्खाको नेता ठान्छन् अनि पटक पटक अडियोहरूमा गोर्खाजातिको लागि नै भुमिगत भएको भन्ने गर्छन्- आज किन मौन छन्? किन चुपचाप छन्?’ तामाङले अझ भनेका छन् –‘उहाँहरुलाई भारतीय जनता पार्टी सरकारले नै सुरक्षित शरण दिइरहेको छ। जुन दिन उनीहरूले खुलेर जोडतोडले भारतीय जनता पार्टी सरकारलाई एनआरसीको बिषयमा आवाज उठाउँछन् वा विरोध गर्छन त्यही दिन उनीहरूको शीरबाट भाजपाको आशिर्वाद हट्ने छ औ सुरक्षा शरण हट्ने छ।’

 

 

Related Posts

leave a comment

Create Account



Log In Your Account