ताजा खबर :

मन्त्रीले लिखित आश्वासन दिएपछि एसपीवाईएफ-ले धर्ना फिर्ता लियो

मन्त्रीले लिखित आश्वासन दिएपछि एसपीवाईएफ-ले धर्ना फिर्ता लियो

प्रतिविम्ब न्यूज

गान्तोक 3 अगस्त 

स्वस्थ्य मन्त्रीले लिखित आश्वासन दिएपछि सिक्किम प्रोग्रेसिभ युथ फोरमले बीस घण्टा लामो धर्ना फिर्ता लिएको छ। सम्बन्धित मन्त्रीले धर्नास्थलमै आएर हस्ताक्षरसहित लिखित आश्वासन सिक्किम प्रोग्रेसिभ युथ फोरमलाई सुम्पेका छन् ।सिक्किम प्रोग्रेसिभ युथ फोरमका सदस्यहरूले बिहीबारको रात पनि सडकमै बिताइसक्दा पनि प्रशासनबाट कुनै उत्तर आएको थिएन। फोरमका सदस्यहरूले अन्य सम्बन्धित अधिकारीहरूसँग बातचित गर्न मानेका थिएनन् भने उनीहरूले सम्बन्धित मन्त्री बाहेक अन्य कसैको आश्वासनमा धर्ना फिर्ता नलिने बताएका थिए। तसर्थ हिजो स्वस्थ्य मन्त्रीले धर्ना स्थलमा पुनः फर्केर बातचित गर्ने कुरा गरेको भए तापनि उनी बिहीबार घटना स्थलमा नआए पछि एसपीवाईएफ-का सदस्यहरू रातभरि  सडकमै बसेर बिताए।

यसरी नै शुक्रबार दिउँसोसम्म उनीहरू धर्नामै बसिरहेका थिए । फोरमका अन्य सदस्यहरू पनि धर्नामा भागलिन पुगिसकेका थिए र त्यसैसमय स्वस्थ्य विभागका मन्त्री ए०के० घतानी घटना स्थलमा आएर लिखित आश्वासन एसपीवाईएफ-लाई सुम्पेका छन् ।सम्बन्धित विभागले फोरमलाई एक महिनाभित्र 90 प्रतिशत कार्य पूरा गरिने र तीन महिनाभित्र रहल 10 प्रतिशत काम पूरा गरिने मन्त्रीको हस्ताक्षरसहित सम्पूर्ण मिडियाको अगाडि नै सुम्पेको छ। र यहीँ लिखित आश्वासनपछि फोरमले धर्ना फिर्ता लिएको छ।

यसरी नै फोरमका सदस्यहरूले समय समयमा अस्पतालको कार्यक्रममाथि नजिकबाटै नजर राख्ने कुरा पनि बताएका छन् । अन्त्यमा फोरमले सर्वहारा एकता जिन्दावादको नारा लगाएर धर्ना फिर्ता लिएको छ। स्मरण गराइन्छ, सिक्किम राज्यको स्वस्थ्य सम्बन्धि यो मुद्दा विगत सात महिनादेखि चर्चामा आएको हो र आज आएर सम्बन्धित विभागले लिखित आश्वासन दिएको छ।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account