गोरामुमो अनि तृणमूल कंग्रेसका कूल 68 घर गोजमुमोमा

गोरामुमो अनि तृणमूल कंग्रेसका कूल 68 घर गोजमुमोमा

प्रतिविम्ब न्यूज

दार्जीलिङ 29 जुलाई।

गोरामुमो अनि तृणमूल कंग्रेसका कूल 68 घर समर्थकहरू आज गोर्खा जनमुक्ति मोर्चामा सामेल भए। गोजमुमो दार्जीलिङ महकुमा समितिको आयोजनामा घूमको स्ट्रलीङ रिसोर्टमा भएको एक औपचारिक सभाबीच आज मेथीबारी सालबारी, लप्चु चियाबारी, पेशोक अनि तकदाह क्षेत्रहरूबाट उक्त समर्थकहरूले गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका हुन्।

आज गोजमुमोमा सामेल हुन आउने समर्थकहरूमा क्रमैले मेथीबारी- सालबारीबाट 17 घर, लप्चु चियाकमानबाट 21 घर, पोशोकबाट 15 घर अनि तकदाहबाट 4 घर रहेका छन्। गोजमुमो केन्द्रिय समिति अध्यक्ष विनय तामाङको बाहुलीबाट उक्त समर्थकहरूले गोजमुमोको झण्डा ग्रहण गरे।गोजमुमो केन्द्रिय समिति उपाध्यक्ष सतिश पोखरेल, दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्त मणि थुलुङ, केन्द्रिय सांगठनिक सचिव एलएम लामा, गोजमुमो केन्द्रिय सदस्य डीके प्रधान, महकुमा सचिव सरद राई, प्रवक्ता सन्दीप छेत्री, सांगठनिक सचिव इन्द्र मणि राई, महकुमा सह-सचिवा सन्जिला छेत्रीलगायत अन्य वरिष्ठ नेतृत्त्वहरूको उपस्थितिमा उक्त समर्थकहरू आजदेखि गोजमुमोमा सामेल भएका हुन्।

गोर्खा जनमुक्ति मोर्चा गोर्खाहरूको एकमात्र भरोषालाग्दो अनि विश्वासयोग्य राजनैतिक दल रहेकोले तथा परिस्कृत राजनैतिक संस्कार स्थापना गर्ने दिशामा गोर्खा जनमुक्ति मोर्चाले शुरू गरेको परम्परालाई मन पराएर नै उक्त पार्टीमा अन्य राजनैतिक दलहरूबाट समर्थकहरू  जोड़िनु आइरहेको गोजमुमो अध्यक्ष विनय तामाङले बताएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account