ताजा खबर :

गोरामुमोले सरल भाषामा छैटौं अनुसूचि बुझाउने

गोरामुमोले सरल भाषामा छैटौं अनुसूचि बुझाउने

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 29 जून।

गोरामुमोले अब शीघ्रै पहाडका जनतालाई सरल भाषामा छैटौं अनुसूचि साथै यसबाट पाइने सुविधाहरू बुझाउने भएको छ। आज असारको पन्ध्रको अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङले यसो भनेका छन्।

आज गोरामुमोले पार्टीको केन्द्रिय कार्यालयमा असारको पन्ध्र पालन गरेको थियो, जसमा पार्टीका धेरै नेता अनि कार्यकर्ताहरू भेला भएका थिए। यसै अवसरमा उनले जनतालाई आफ्नो संस्कार, परम्परा नभुलिने आह्वान गर्दै आगामी दिनमा सबैको भलो होस् भन्ने प्रार्थना गरेको बताए।

उनले छैटौं अनुसूचिमाथि जोड दिंदै भने-छैटौं अनुसूचिबारे धेरैले बुझिसकेका छन् भने साधारण जनतालाई सरल भाषामा यसबारे बुझाउने तय गरिएको छ।

फोटोः मन घिसिङ।

Related Posts

leave a comment

Create Account



Log In Your Account