16 अगस्तमा रन विथ रोशनीको म्याराथन

16 अगस्तमा रन विथ रोशनीको म्याराथन

प्रतिविम्ब न्यूज

कालेबुङ 27 जुन।

रन विथ रोशनी फाउन्डेशनको आयोजनामा आगामी 16 अगस्तको दिन 10 किलोमिटर अनि 5 किलोमिटरको म्याराथन दौड सम्पन्न हुने भएको छ। विशेष गरेर 21 किलोमिटर म्याराथन दौडको निम्ति 18 वर्ष पुगेको हुनपर्ने भएको कारण 18 वर्ष नपुगेकाहरूलाई प्रोत्साहन प्रदान गर्नकै निम्ति उक्त म्याराथन दौड आयोजना गरिने भएको रन विथ रोशनी फाउण्डेशनकी रोशनी राईले बताएकी छिन्।

उनले उक्त म्याराथन दौडको निम्ति पञ्जीकरण कार्य आरम्भ भएको बताउँदै इच्छुक मानिसहारूले उक्त म्याराथनको निम्ति पञ्जीकृत गर्नुपर्ने आह्वान गरेकी छन्। ‘रन विथ रोशनीले पहाड़बाट मुम्बई म्याराथनमा अहिलेसम्म यहाँका म्यारथन धावकहरूलाई लाने कार्य गरिरहेको छ। उक्त म्याराथनमा 18 वर्ष पुगेकाहरूले मात्र भाग लिन सक्नेछन्। यसकारण आगमी दिनमा मुम्बई म्याराथनमा पहाडका धावकहरूलाई पुराउन अनि उनीहरूलाई तयारी गर्न 18 वर्ष नपुगेकाहरूलाई लिएर 10 किलोमिटर अनि 5 किलोमिटरको म्याराथन आयोजना गरेका हौँ’ रोशनी राईले भनिन्।

यसैक्रममा उनले गोर्खा धावकहरूलाई ओलम्पिकसम्म पुराउने लक्ष्य राखेको बताउँदै यी सम्पूर्ण कार्यहरू प्रारम्भिक चरणको हो भनी उनले बताएकी छिन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account