सोनादामा शहिद टाशी भोटियाको स्मारक अनावरण

सोनादामा शहिद टाशी भोटियाको स्मारक अनावरण

प्रतिविम्ब न्यूज

सोनादा २८ जून।

शहीदको कुनै जाति हुदैन, कुनै पार्टी हुदैन, शहीद, शहीद नै हो,आफ्नो माटोको निम्ति लडेको हुन्छ ,तर पनि मेरो दिवङ्गत भाइ टाँसीलाई गोरामुमो पार्टीले शहीद घोषणा गरेर जुन सम्मान दिएकोमा हृदयबाट नै आभार प्रकट गर्दछु, शहीद टाँसी भोटियाका दिदी घाङ्जुङ भोटियाले पत्रकारहरुलाई सम्बोधन गर्दै आज यसो भनिन्। शहीद टाँसी भोटियाको १वर्षे काम सितै आज सोनादा बजारमा उनको स्मृतिमा निर्माण गरिएको शहीद वेदी अनावरण गरियो। गतवर्ष ७ जुलाईको दिन उनी शहीद भएको भएतापनि सिङ्सा भोटिया संस्कारअनुसार आज पूर्णिमाको दिन नै वर्षदिने कार्य परेको कारणले आज वर्षदिने कामसितै शहीद वेदी पनि अनावरण गरिएको टाँसी भोटियाको दिदीले जनाइन्।

शहीद परिवारसित गोरामुमो अध्यक्ष मन घिसिङ।

मेरो भाइ टाँसी भोटियालाई बङ्गाल सरकारले किन न्याय दिएन ? किन हामीमाथि ममता सरकारले अत्याचार गरयो ? हामीमाथि जुन प्रकारको अन्याय अत्याचार भएको छ त्यसको हामी घोर विरोध गर्छौ, शहीद टाँसी भोटियाको दिदी घाइजुङ भोटियालाई पत्रकारहरूसमक्ष यसो भनिन्।

न्यायको निम्ति परिवार पक्षबाट जे- जे गरिनुपर्ने थियो सबै गरिसकेको भएतापनि राज्य सरकारले अहिलेसम्म न्याय नदिएको पनि उनले आरोप लगाइन्। आफ्नो भाई शहीद भएको १ वर्ष बितिसक्दा पनि उक्त केस थातीमै रहेको जनाउँदै अहिलेसम्म यस विषयमा कुनै पनि प्रक्रिया अघि नबड़ेको पनि उनले आरोप लगाइन्।

आफ्नो भाईलाई बिना कसूर हत्या गरिएको आरोप लगाउँदै उनले भनिन्- मेरो भाईले पनि दार्जीलिङ पहाड़को उज्ज्वल भविष्यको निम्ति गोरामुमो पार्टीमा खटेको थियो।त्यस दिन जूलूसमा गएको थिएन तर दाजुको निम्ति दवाइ लिन गएको थियो। तर अचानक त्यस्तो घटना भयो। मेरो भाईलाई षड्यन्त्र गरेर मारयो।आफ्नो भाईले न्याय पाएको खण्डमा समस्त गोर्खा दाजु भाइले न्याय पाउने पनि घाङ्जुङ भोटियाले बताइन्।

सालिग अनावरण कार्यक्रममा गोरामुमो अध्यक्ष मन घिसिङ पनि उपस्थित रहेका थिए। मन घिसिङले सालिग अनावरण गर्नुको साथसाथै शहीद टाँसी भोटियाको परिवारसित पनि भलाकुसारी गर्दै केही समय बिताएका थिए।

Related Posts

leave a comment

Create Account



Log In Your Account