मङपू-रेसेप गुम्बामा गुरुदेवले अभिषेक प्रदान गर्ने

मङपू-रेसेप गुम्बामा गुरुदेवले अभिषेक प्रदान गर्ने

प्रतिविम्ब न्यूज

मङपू २२ जून।

मङपू रेसेप गुम्बामा परम पावन गुरुदेव गुरुङ टुल्कु निमा होइसर रिम्पोछेले आगामी २४ जून आइतबारको दिन भक्तजनहरुलाई मङपू रेसेप उर्गेन तेरलिङ छ्युबूक साम्तेन रेसेप सार्वजनिक बौद्ध गुम्बामा अभिषेक प्रदान गर्ने भएको छ।

समग्र प्राणीहरुको कल्याण एवं शान्तिको निम्ति उक्त गुम्बामा १७ जुजी दिनदेखि सप्ताह दिने डोल्मा पूजा टुल्कु जिग्मी दोर्जेको अगुवाईमा सम्पन्न भइरहेको छ।

उक्त धार्मिक अनुष्ठानमा गुरुदेवको गुरुङ रिम्पोछेको बाहुलीबाट अभिषेक ग्रहण गर्न सम्पूर्ण भक्तहरुलाई २४ जून आइतबार उपस्थित भइदिने आयोजक समितिले सबैलाई अनुनय गरेका छन्। यस सप्ताहव्यापी धार्मिक अनुष्ठानमा सहयोग पुराउने सम्पूर्ण संघ-संस्थालाई आयोजक समितिले आभार व्यक्त गरेका छन् भन्ने जानकारी आयोजक समितिको पक्षमा किरण ब्लोनले दिएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account