ताजा खबर :

बिजनबारीमा योग अन्तर्राष्ट्रिय दिवस पालन

बिजनबारीमा योग अन्तर्राष्ट्रिय दिवस पालन

प्रतिविम्ब न्यूज

बिजनबारी 21 जून।

आयुष एलएसडी क्लीनिक,बिजनबारी ग्रामीण अस्पताल, सीआऱयू (होमियोप्याथी) सिलगढ़ी अन्डर सीसीआरएच आयुष मन्त्रालय,भारत सरकारको तत्वावधानमा आज बिजनबारी डिग्री कलेजमा अन्तर्राष्ट्रिय योग दिवस भव्यताको साथ पालन गरियो। यस अवसरमा बिजनबारीभेकका धेरैजना मानिसहरूले सहभागिता जनाएका थिए।

दीपप्रज्वल्लन पछि शुरू गरिएको उक्त कार्यक्रममा नटराज डान्स ग्रुपले खुबै आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमलाई आयुष एलएसडी स्टपको टीम लीडर डा. सन्तोष कुमार सुमनले स्वागत भाषण राखेका थिए। योग अनुदेशक अजीत कुमार यादवले बिहान सुबह 7 बजीदेखि 8 बजीसम्म विभिन्न योगासनहरूको अभ्यास एवं योगको फायदाहरूबारे बताएर योग दिवसको औपचारिक कार्यक्रम सम्पन्न गरेका थिए।यसबाहेक योग फैमिलीद्वारा सांस्कतिक जुम्बा डान्स पनि गरिएको थियो।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित बिजनबारी खण्ड विकास अधिकारी कौशिक ब्यानर्जीले पर्यावरण स्वच्छता अनि स्वास्थ्यको विषयमा सचेतनामूलक वक्तव्य राखे भने खण्ड विकास अधिकारीलगायत अन्य अतिथिहरूद्वारा विरूवा रोपन कार्य पनि गरियो।

कार्यक्रममा एनटीपीसीका उप- प्रबन्धक बीएन चौधरी, सप्तर्षि स्कूलका प्रिंसिपल सञ्जय राई बिजनबारी ब्लकको स्टेशन म्यानेजर प्रभु दयाल वरिष्ठ साहित्यकार मन प्रसाद सुब्बा, पूल- बिजनबारी थाना प्रभारी भुषण छेत्री, डा. प्रदीप कुमार झा ,योग अनुदेशक अजीत कुमार यादव , सिल्वानास राई, योगेश ग्याबक तामाङ, वाशिम अकरम लगायत अन्यान्यको उपस्थिति रहेको थियो।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account