अनुसूचित जातिले विनय तामाङलाई चड़ायो तीन सूत्री माग

अनुसूचित जातिले विनय तामाङलाई चड़ायो तीन सूत्री माग

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 20 जून।

आज अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रिय समितिले जीटीएका अध्यक्ष विनय तामाङसित भेट गरी 3 सूत्री माग पत्र पेश गरेको छ। संघका अध्यक्ष कुबेर गहतराजको अगुवाईमा जीटीए अध्यक्षसित भेट गर्न गएको प्रतिनिधि टोलीमा महासचिव रिमेश मोथे, उपाध्यक्षद्वय सीके लोहार अनि विनोद सार्की सामेल थिए। टोलीले जीटीए अध्यक्ष विनय तामाङसित लालकोठीस्थित उनको कार्यालयमा सौहार्द्धपूर्ण भेट भएको बताउँदै जीटीए अध्यक्ष तामाङले आजनै पश्‍चिम बंगाल सरकारका सम्बन्धित मन्त्रीहरूलाई पत्राचार गरी यसमाथि कार्य गर्ने अपील गरेको पनि उनले बताएका छन्। जुन मागहरूमा जीटीएमा अनुसूचित जातिको लागि संवैधानिक रूपले आरक्षण हुनपर्ने, जीटीए चुनाउको नियमअनुसार, अनुसूचित जातिको जनसंख्याको आधारमा आसन आरक्षण हुनुपर्ने, दागोपापको पालादेखिनै रिक्त रहेका उच्च विद्यालय, उच्चत्तर विद्यालय साथै प्राथमिक पाठशालामा रोस्टर मुताविक यस जातिका उम्मेद्वारहरूलाई नियुक्ति दिनुपर्ने माग सामेल गरिएको पनि गहतराजले बताएका छन्।

यसका साथै उनले भने-यदि जीटीए क्षेत्रमा भविष्यमा केन्द्र वा राज्य सरकारद्वारा कुनै पनि संवैधानिक सेटअप हुन्छ भने त्यसमा अनुसूचित जातिका उम्मेद्वारहरूले संवैधानिक अधिकार पाउनुपर्ने पनि माग गरिएको छ। यसका साथै संघका विभिन्न समस्या र थाँतीमा रहेका विषयहरूमा प्रतिनिधिहरूले जीटीए अध्यक्षअघि विस्तृत रिपोर्ट पेश गरेको संगठनका अध्यक्ष गहतराजले जानकारी गराएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account