पर्यटकहरूलाई आकर्षित गर्दै गुम्बाटार ईगल पार्क

पर्यटकहरूलाई आकर्षित गर्दै गुम्बाटार ईगल पार्क

प्रतिविम्ब न्यूज

रेलिङ 19 जून।

रेलिङ ग्राम पञ्चायत अधिनस्थ अप्पर रेलिङ गुम्बाटार  ईगल पार्कले अहिलेघरि पर्यटकहरूलाई निक्कै आकर्षित गरिरहेको छ।2014 सालतिर स्थानीय गाउँका युवाहरूले आफ्नो मेहनत अनि सीपले तयार पारेको उक्त पार्कमा अहिलेघरि पर्यटकहरू रमाउन थालेका छन्।

विधार्थी जीवनमा पढ़ाईसितै आफ्नो गाउँ समाजलाई टेवा पुराउन युवावर्गको उत्तिकै ठूलो भूमिका रहेको देखिन्छन्।आफ्नो क्षेत्रलाई कसरी आफ्नो योगदान प्रदान गरी स्वच्छ अनि सुन्दर राख्नुपर्छ भन्ने ध्येयले नै स्थानीय युवाहरू एकजुट भएर उक्त पार्क निर्माण कार्य गरिएको स्थानीय युवा सञ्जीब गुरुङ बताउँछन्।

यस पार्कलाई अझ सुन्दर अनि व्यवस्थित बनाउन केही महिना अघिदेखि नै गाउँका साई सेवा दल अनि स्वनिर्भर दलको संयुक्त पहलमा साफ- सफाई अनि सुन्दरीकरणको कार्य भइरहेको पनि गुरूङ बताउँछन्। उनले बताएअनुसार, यहाँ विभिन्न प्रजातिका धुप्पी, गुराँस साथै फूलहरू पनि रोपिएका छन्। तथापि उक्त पार्कलाई अझै सुन्दर बनाउनको निम्ति आर्थिक लगानी गरिनुपर्ने हुनाले भनेजस्तो कार्य हुन सकिरहेको छैन। यसर्थ सम्बन्धित विभागले यसलाई पर्यटन स्थलको रूपमा विकसित गर्न सहयोग गरिदियोस् भन्ने पनि स्थानीय वासिन्दाहरूको चाहना रहेको छ।

सम्बन्धित विभागले राम्रो योजना बनाएर यस स्थललाई पर्यटन स्थलको रूपमा विकसित गरे धेरै असल हुने तथा स्थानीय बेकारी युवाहरूलाई पनि रोजगारको अवसर प्राप्त हुने पनि सञ्जीब गुरूङ बताउँछन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account