ताजा खबर :

पातलो अन्तरेको अक्षर सार्वजनिक

पातलो अन्तरेको अक्षर सार्वजनिक

प्रतिविम्ब न्यूज

17 जून 2018।

तेस्रो मुलुक पुर्नवासको क्रममा अमेरिका पुगेका भूटानी शरणार्थी पातलो अन्तरे (लीला अधिकारी)- को दोस्रो गजल संग्रह हिजो दार्जीलिङको कला मन्दिर हलमा सार्वजनिक गरियो। ग्लोबल भूटानीज रिफ्यूजी अर्गनाइजेशनद्वारा प्रकाशित उक्त गजल संग्रहको विमोचन कार्यक्रमको निम्ति पातलो अन्तरे आफ्नो श्रीमतीसित दार्जीलिङ आइपुगेका थिए।

उनले आफ्नो पहिलो गजल संग्रह साल्दाई पनि दार्जीलिङमा नै विमोचन गरिएको र दोस्रो कृति पनि दार्जीलिङमै विमोचन गर्नुको मुख्य उद्धेश्य दार्जीलिङमा नेपाली साहित्यलाई माया अनि सम्मान गर्नेहरू धेरै रहेको बताए।आफ्नो देशबाट उच्छेद भएर विभिन्न देशहरूमा बसोबासो गर्नुपर्ने बाध्यता आफूहरूसित रहेतापनि नेपाली भाषा, साहित्य अनि संस्कृतिलाई भूटानी शरणार्थीहरूले कदापि भुल्न नसक्ने बताउँदै उनले यही क्रममा जीबीएलओमार्फत् भूटानी शरणार्थीहरू भाषा, साहित्य, संगीत अनि संस्कृतिको सुरक्षाको निम्ति लागिपरिरहेको पनि बताए। उनले आफ्नो लोकार्पित गजल संग्रह अक्षर-बाट केही गजलहरू पनि पठन गरेका थिए।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित कथाकार विन्द्या सुब्बाले पातलो अन्तरे जीबीएलओका सक्रिय कार्यकर्त्ता अनि सर्जक रहेको जनाउँदै अमेरिकाजस्तो व्यस्त शहरमा रहेर पनि पातलो अन्तरेले अहिलेसम्म सृजना यात्रामा लगातार अघि बड़िरहेको उल्लेख गरे।जीबीएलओले सक्रिय रहेर विदेशी भूमिमा पनि नेपाली भाषा, साहित्यको जगेरा गरिरहेको उल्लेख गर्दै सुब्बाले जीबीएलओको मुग्धकण्ठले प्रशंसा पनि गरे।

कवि मिलन बान्तवाको अध्यक्षतामा आयोजित विमोचन समारोहमा विभिन्न क्षेत्रबाट आएका कवि, गजलगोहरू क्रमैले कविहरू क्रमैले नम्रता संस्कार शर्मा, जयकुमार राई, योगेश ग्याबाक, रोशन राई चोट, शारदा स्टेफी, श्रवण कुमार प्रधान, सृजना राई, सञ्जोग खवास, शरण मुस्कान , सुमित्रा अविरललगायत अन्यले कविता एवं गजलहरू वाचन गरेका थिए।कार्यक्रममा पत्रकार एवं कवयित्री सबिता ‘संकल्प’, जगत राई, जयकुमार राई, साहित्यकार शारदा स्टेफी, पेम्बा यल्मो, सुमित्रा ‘अविरल’अनि कृतिकार पातलो अन्तरे अनि उनकी श्रीमतीको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो।

 

 

 

 

 

Related Posts

leave a comment

Create Account



Log In Your Account