सिलगढ़ीमा एउटा गोर्खा चेरिटेबल हस्पिटल बनाउने प्रक्रिया शुरू गरिने

सिलगढ़ीमा एउटा गोर्खा चेरिटेबल हस्पिटल बनाउने प्रक्रिया शुरू गरिने

प्रतिविम्ब न्यूज

पोख्रेबुङ १४ जून।

सुकुना निवासी वरिष्ठ समाजसेवी एवं विभिन्न संघ संस्थासँग आवद्ध सुरेन प्रधानको सिलगढ़ीमा एउटा गोर्खा चेरिटेबल हस्पिटल हुन आवश्यक छ भनिएको अवधारणालाई मूल्याङकन अनि समर्थन गर्दै गत मङ्गलवार महेन्द्र सुब्बाको अध्यक्षतामा एउटा चिन्तन सभा होटल रोयल सरोवरमा आयोजना गरियो। सभामा सिलगढ़ी भेगका केही विशिष्ट व्यक्तिलाई निमन्त्रणा गरिएको थियो ।यी मध्ये गोपाल लामा, दिलीप तिवारी, बी बी विश्वकर्मा, शिबू छेत्री, कृष्ण प्रधान, राजेश छेत्री, बिरजू सुब्बा, कप्तान एसडी तमाङ, मदन राणा, बिजय लिम्बु, सुधा पासी, करुणा तामाङ, नन्द लाल शर्मा आदि विशेष रूपले उपस्थित थिए ।

उक्त सभामा सबैले नै गोर्खा चेरिटेबल होस्पिटल बनिनु पर्छ भन्ने कुरामा सहमति प्रदान गरेका छन् । यस प्रक्रिया अघि बढ़ाएर लैजानबारे खेस्रा पनि तयार पारिएको छ जसलाई आगमी खुल्ला सभामा सार्वजनिक साथै अनुमोदन गरिने समाजसेवी सुरेन प्रधानले जानकारी दिएका छन्। ।उक्त सभा सिलगढ़ी रङ्गमञ्चको तत्वाधानमा सम्पन्न हुने उनले थप बताएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account