मूल्यवृद्धि विरूद्ध तृणमूल युवा कंग्रेसद्वारा विरोध रयाली

मूल्यवृद्धि विरूद्ध तृणमूल युवा कंग्रेसद्वारा विरोध रयाली

प्रतिविम्ब न्यूज
दार्जीलिङ, 8 जून।

लगभग 8 महीनापछि फेरि दार्जीलिङमा निकालियो जुलूस। तर यो जुलूसको नारा बेग्लै थियो। माग थियो-चुल्हा ग्यास, पेट्रोल र डीजलको मूल्य वृद्धि कम्ति गर्ने। भाजपा (भारतीय जनता पार्टी) नेतृत्वावधीन केन्द्र सरकारको विरोधमा आज दार्जीलिङमा तृणमूल युवा कंग्रेसले जुलूस निकालेको थियो।

यहाँको रेलवे स्टेशन परिसरबाट शुरू गरिएको तृणमूल युवा कंग्रेसको केन्द्र सरकार विरोधी जुलूसमा तृणमूल युवा कंग्रेसका कार्यकर्ताहरू सामेल थिए। तरै पनि उऩीहरूले केन्द्र सरकार विरूद्ध व्यापक नाराबाजी गर्दै यहाँको मोटर स्ट्याण्डसम्म आए अनि यहाँ एक पथसभाको पनि आयोजना गरे। यसै पथसभालाई सम्बोधन गर्ने क्रममा दार्जीलिङ जिल्ला हिल तृणमूल युवा कंग्रेसका सचिव रमेश कड़रियाले भने-4 वर्षअघि भाजपाले देशका जनतालाई राम्रो दिन आउनेछ भनेर ठूलो सपना देखायो, तर केन्द्रमा सरकार गठन गरेपछि भाजपाले जनविरोधी कार्य गरिरहेको छ। डीजल, पेट्रोल, चुल्हा ग्यास जस्तो अत्यावश्यक सामग्रीहरूको मूल्य वृद्धि गरेर आम जनतालाई मर्कामा पार्ने काम गरिरहेको छ। यसैले आगामी 2019-को लोकसभा चुनाउमा 2014-को ठीक विपरीत भाजपा हटाऊ, अर्कै सरकार बनाऊँ भन्ने नारालाई देश साथै दार्जीलिङ पहाड़का आम जनता वा युवाहरूले आत्मसाथ गर्नपर्छ। देशभरिका जनतालाई राम्रो दिन आउनेछ भन्ने सपना देखाएर केन्द्रको सत्ता हत्याउने भाजपा सरकारले जनविरोधी कार्य गरिरहेको छ। यसैले 2019-को चुनाउमा यो सरकारलाई हटाएर जनताको हितमा कार्य गर्ने सरकार ल्याउनपर्छ। यस विषयलाई दार्जीलिङ पहाड़का जनताले गम्भीरतासित मनन गर्नुपर्छ। किनभने, भाजपा सरकारले देशसँगै दार्जीलिङ पहाड़को लागि पनि केही गरेन। यो सम्पूर्ण जनतालाई थाह भएको हो। उनले दार्जीलिङ पहाड़का विभिन्न स्थानहरूमा पनि भाजपा सरकार विरूद्ध यस्तै विक्षोभ प्रदर्शन गरिने योजना बनाइएको पनि बताए।

स्मरण गराइन्छ, दार्जीलिङमा यसअघि गोर्खाल्यान्डको माग गर्दै गत वर्षको सेप्टेम्बर महीनासम्म जुलूस निकाल्ने काम भएको थियो। तर उक्त आन्दोलन समाप्त भएपछि प्रथमपल्ट यहाँ आज तृणमूल कंग्रेसले जुलूस निकालेको छ।

फोटोः दार्जीलिङमा तृणमूल युवा कंग्रेसको जुलूस।

Related Posts

leave a comment

Create Account



Log In Your Account