ताजा खबर :

चिनी राख्नुहोस् वर्ल्डकप 2018 का 10 महत्त्वपूर्ण खेलाड़ीहरू

चिनी राख्नुहोस् वर्ल्डकप 2018 का 10 महत्त्वपूर्ण खेलाड़ीहरू

विश्वकपको इतिहासमा धेरै गोल गर्ने धुरन्धर खेलाड़ीहरू छन्। जसमध्ये गेर्ड मुलर (वेस्ट जर्मनी), पाओलो रोसी (इटली), रोनाल्डो (ब्राजील), गेब्रियल बतिस्तुता (अर्जेंटीना), मार्को वेन बास्टेन (नीदरलैंड्स) आदि धुरन्धर खेलाड़ीहरू गोल मशीनको रूपमा चिनिदै आइरहेको हो। आगामी 14 जूनदेखि रसियामा हुने वर्ल्ड कपमा यसपालि विभिन्न देशका जण्डा खेलाड़ीहरू छन् जसले विपक्षीको पोस्टमा गोल गरेर आफ्नो देशलाई वर्ल्ड कपको सुनौलो ट्रफी दिलाउन पसीना बगाउनेछन्।

आउनोस् यसपालिको विश्वकपमा सबैभन्दा धेर आशा गरिएका यस्तै दशजना जण्डा गोलकर्ता खेलाड़ीहरूको बारेमा जानी राखौः-

क्रिस्टियानो रोनाल्डो (पोर्तुगल) :

2006 को विश्वकप क्वालिफाइङको अवधि पोर्तुगलका यी खेलाड़ीले कूल 7 वटा गोल आफ्नो नाममा दर्ता गरेका थिए। यहीबाट फुटबल जगतमा क्रिस्टियानो रोनाल्डोको सुनौलो यात्राको शुरूआत पनि भएको हो। 2006 विश्वकपमा यिनलाई सर्वश्रेष्ठ खेलाड़ीको गरिमामय उपाधि पनि प्राप्त भएको थियो। पेनल्टी शूट आउटमा क्रिस्टियानोकै गोलको भरमा पोर्तुगल विश्वकपको सेमिफाइनलमा पुग्न सक्षम बनेको थियो।

6 फरवरी 2007 मा आफ्नो जन्मदिनकै दिनदेखि पोर्तुगल टोलीको कप्तानी गर्ने मौका पाएका क्रिस्टियानोले पुर्तगालको निम्ति अहिलेसम्म 149 म्याचमा 81 वटा गोल गरिसकेका छन् भने यसपालि पनि पुर्तगाललाई विश्व विजेता बनाउन यी खेलाड़ीमाथि ठूलो दायित्व रहेको छ।

लियोनल मेस्सी (अर्जेंटीना) :

अर्जिन्टीनाका यी खेलाड़ीको एकमात्र सपना आफ्नो टीम अनि देशलाई विश्व कप बिजेता बनाउने रहेको छ। कूल 124 वटा अन्तर्राष्ट्रिय म्याचहरूमा यिनले 64 वटा गोल गरिसकेका छन् भने अर्जेन्टीनाको आशाको किरण नै यसपालि यी खेलाड़ीमा रहेको छ।

2005 को अण्डर-20 विश्वकप फाइनलमा अर्जेन्टिनाको पक्षबाट लगातार 2 गोल गरेर लियोनल मेस्सी रातारात फुटबल स्टार भएका थिए भने 2006 मा अर्जेन्टिनाको पक्षबाट विश्वकप खेल्ने बाटो पनि यहीबाट खोलिएको थियो। मेस्सीले अहिलेसम्ममा तीनवटा विश्वकप खेलिसकेका छन् भने यसपालि चौथौं विश्वकप खेल्न गइरहेका छन्। यसपल्ट देशलाई विश्व-विजेता बनाइछोड़्ने भीष्म संकल्प अनि सपना लिएर उनी मैदानमा उत्रिनेछन् किनभने यो उनको निम्ति अन्तिम विश्वकप रहेको अड़कलबाजी गरिदैछ। 

नेइमार (ब्राजील) :

2010 देखि स्टार प्लेयरको रूपमा नेइमार ब्राजील टोलीमा सामेल भएका हुन्। 5 मार्च 2014 मा दक्षिण अफ्रिकासित खेलिएको मैत्रिक म्याचमा यिनले ह्याट्रिक गोल दर्ता गरेका थिए भने फुटबल जगतमा यिनको दबदबा पनि त्यहीदेखि शुरू भएको हो।

विश्वकप 2014 मा नेइमारले क्रोएसियाको विरूद्ध 50 औं म्याच खेल्दै सर्वाधिक गोल गर्ने खेलाड़ीहरूको शीर्ष तीनको सूचिमा नाम दर्ता गरेका थिए भने ब्रोञ्ज शू पनि उनले आफ्नो नाममा पारेका थिए। हालमा फिटनेसको समस्यासित जुझिरहेको भएतापनि यसपालिको विश्वकपमा नेइमारमाथि ब्राजिलको ठूलो आशा राखेका छन्।ब्राजीलको लागिनेइमारले अहिलेसम्म 83 वटा म्याचहरू खेलिसकेका छन् भने 53 गोल दर्ता गरिसकेका छन्।

रोबर्ट लेवान्दोवोस्की (पोल्याण्ड) :  

पोलिश फुटबलको राजा अनि विश्वकै शीर्ष तीन स्ट्राइकरहरूमध्ये एक रोबर्ट लेवान्दोवोस्की यसपालिको विश्वकपमा आकर्षणको विन्दु रहनेछन्। दुवैवटा खुट्टाले गोल गर्न सक्ने क्षमता भएका यी खेलाड़ी केही सालदेखि यूरोपका सर्वश्रेष्ठ खेलाड़ीहरूमध्ये एकमा मानिन्छन्। पोल्याण्डको कप्तानको दायित्व बोकेर विश्वकप मैदानमा उत्रिने यी खेलाड़ी आफ्नो देशलाई विश्व-विजेता बनाउन निक्कै आतुर पनि रहेका छन्। युरोपियन विश्व कप क्वालिफाइङ म्याचमा रोबर्टले 16 वटा गोल गरेका थिए। आफ्नो करियरमा यी खेलाड़ीले 91 वटा म्याचमा 51 वटा गोल गरिसकेका छन्।

हेरी केन (इङ्ल्याण्ड) :

हेरी केनको काधँमा यसपालि इङ्गल्याण्डलाई विश्वकप ट्रफी दिलाउने ठूलो जिम्मेवारी पनि रहिआएको छ।उनीसित यो क्षमता पनि रहेको छ।गोलीमा असाधारण सन्तुलन अनि गोल गर्ने असाधारण क्षमता रहेको यी खेलाड़ीले इङ्ग्ल्याण्डको पक्षमा अहिलेसम्म 23 वटा म्याचहरू खेलेर 12 वटा गोल दर्ता गरिसकेका छन्। 

एडिनसन कावानी (उरुग्वे) :

उरुग्वेका स्टार खेलाड़ी लुइस सुआरेजसित एडिनसन कावानी  विश्वकप बिजेता बन्ने उद्धेश्य लिएर मैदानमा देखिनेछ। उनको खेल शैली अनि सही समयमा ठाउँ बनाउने तीव्र क्षमता भएका कावानीलाई विश्वकपको सबभन्धा खतरा खेलाड़ी मानिने गरिएको छ। 98 म्याचमा अहिलेसम्म उनले 38 गोल गरिसकेका छन्।विश्वकप क्वालिफाइङ म्याचमामात्रै उनको गोल संख्या 21 रहेको छ।

रोमेलू लुकाकू (बेल्जियम) :

म्यानचेष्टर युनाइटेडको जर्सी नम्बर 9 खेलाड़ीको रूपमा सर्वपरिचित रेंलू लुकाकूलाई यसपालि विशेष गरी गोल्डन शू- खिताबको दावेदार खेलाड़ीको रूपमा पनि हेरिदैछ।विश्व कपको इतिहासमा झण्डा स्ट्राइकहरूमा गनिने  यस खेलाड़ीले बेल्जियमको पक्षमा 61 म्याच खेलेर 25 गोल गरिसकेका छन् भने यसपालिको वर्ल्ड कपमा उनको गोलको रेटिङ सुधार्ने ताक लिएर मैदानमा उत्रिने तय छ।

अल्वारो मोराता (स्पेन) :

लामो समयदेखि अनुभवी अनि शीर्ष स्ट्राइकरको भूमिका निभाइरहेका यही खेलाड़ीमाथि स्पेनलाई विश्व कप खिताब धेरथोर निर्भर रहेको छ।अलौकिक क्षमता, तेज गति, बल अनि बुद्धिको भरमार रहेको अल्वारो मोराताले स्पेनको निम्ति 22 म्याचमा 11 गोल गरिसकेका छन् भने यो खेलाड़ी पनि यसपालि गोलको ठूलो भोक बोकेर मैदानमा निस्किने तय छ।

ओलिवियर गिरोड (फ्रांस) :  

फ्रान्सका कोच दिदिएर देस्पेन्सको फेवरेट खेलाड़ी ओलिवियर गिरोडको भूमिका फ्रान्स टोलीमा यसपालि सबैभन्दा महत्त्वपूर्ण मानिदैछ।मैदानमा निस्वार्थ खेल खेल्ने यी खेलाड़ी फ्रान्सका स्टार खेलाड़ी एण्टोनिया ग्रीजमेन, पल पोग्वा, केलियनहरूको साथमा मैदानमा उत्रिन गइरहेका छन्।फ्रान्सको पक्षमा हालसम्ममा 68 म्याचमा 28 गोल गरिसक्ने यी खेलाड़ीमाथि फ्रान्सले यसपालि ठूलो आशा गरेका छन्। त्यसै पनि यसपालिको विश्वकपको दावेदार दलहरूमा फ्रान्सलाई पनि शीर्षमा राखेर हेरिदैछ।

गेब्रियल जीजस (ब्राजील) :  

ब्राजिलको सबैभन्दा युवा खेलाड़ीको रूपमा मैदानमा देखिने गेब्रिएल जीजसलाई पनि यसपालिको विश्वकपमा निक्कै महत्त्वपूर्ण मानिदैछ। विश्वकप क्वालिफाइङ म्याचहरूमा उत्कृष्ट प्रदर्शन गर्दै यस खेलाड़ीले कूल 11 वटा म्याचमा 7 गोल गरेका थिए।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account