कालेबुङ अस्पतालका डाक्टरलाई कुटपीट

कालेबुङ अस्पतालका डाक्टरलाई कुटपीट

विरोधमा अस्पताल कर्मीहरूले गरे ओपीडी बन्द

प्रतिविम्ब न्यूज

कालेबुङ 21 मई।

कालेबुङ जिल्ला अस्पतालका डाक्टरलाई हातपाई गरेपछि अस्पतालका कर्मीहरूले विरोधमा आज अस्पतालका ओपीडी बन्द राखे।प्राप्त जानकारीअनुसार, आज दिउँसो लगभग 11:30 बजीतिर जिल्ला अस्पतालका डा. अभिषेक गौतम वाहनमा चडेर आफ्ना कार्यमा जाँदै गर्दा पछिबाट आइरहेको एउटा वाहनले कालेबुङ गर्ल्स हाइ स्कुल नजिकमा पास मागेको थियो। बाटो साँघुरो रहेको कारण उनले पछिबाट आएका वाहनलाई पास दिन नसकेपछि सोझै अस्पतालमा पुगेका थिए। अस्पताल पुगेपछि उनी वाहनबाट ओर्लन नपाई पछिबाट आएका वाहनमा सवार युवाहरूले उनीमाथि अचानक कुटपीट गरे। त्यसपछि अस्पताल परिसरमा हल्ला मच्चिएपछि अस्पतालका कर्मचारीवर्गले ओपीडी बन्द गरेर विरोध गरेको हो।

अस्पतालका कर्मीहरूले ओपीडी बन्द गरेपनि आपातकालीन सेवा भने सुचारू नै रहेको थियो। उक्त घट्नाबारे कालेबुङ थानामा लिखित जानकारी दिइएको अस्पताल पक्षबाट डा. पी विश्वासले जानकारी दिएका छन्।

यसक्रममा उनले पीड़ितलाई न्याय दिलाउन आरोपीहरू विरुद्ध उचित कार्वाही गर्नुपर्ने माग पनि गरेका छन्। यता डाक्टारलाई कुटपिट गर्ने आरोपीहरू भने अस्पतालमा हो-हल्ला मच्चिएपछि चम्पट कसेका छन् भने समचार लेखुञ्जेलसम्म पुलिसले पक्राउ गरेको छैन।

Related Posts

leave a comment

Create Account



Log In Your Account