ताजा खबर :

प्रतिविम्ब न्यूज दार्जीलिङ, 23 नोभेम्बर। अप्पर कलेजभेल्ली निवासी चम्पा राई र उनका भाइ प्रताप राईले 110 वटा डस्टबीन वितरण गरेर श्री सत्य साई बाबाको 93औं जन्म जयन्ती पालन गरे। उनीहरूले 110 वटा डस्टबीन आफ्नै खर्चमा किनेर जनतामा वितरण गरेका छन्, ताकि यी डस्टबीनहरू रङ्बुलदेखि धोत्रे-कलेजभेल्ली चियाबगानसम्म लगाउन सकियोस्। कलेजभेल्ली चियाबगान हाल अघोषितरूपमा बन्द अवस्थामा छ।
Complete Reading

प्रतिविम्ब न्यूज पोखरेबुङ 2 नोभेम्बर। दीन दयाल उपाध्याय ग्रामीण विद्युतीकरण योजनामार्फत् पोख्रेबुङ नागरीक्षेत्रका विपन्न परिवारहरूलाई निःशुल्क विद्युत सर्वराह गरिनुको साथै दाउरे पोल हटाएर फलामको पोलहरू लगाउने काम भए पनि यसैक्षेत्रको कतिपय ठाउँहरूबाट भने दाउरे पोल अहिलेसम्म उठाइएको छैन। फलस्वरूप दुर्घटना हुनसक्ने डर मनमा बोकेर बाचिरहेका छन् उक्त क्षेत्रका कतिपय ग्रामवासीहरू। पोख्रेबुङ ग्राम पञ्चायत 3 अन्तर्गत
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ, 15 अक्टोबर । दशैँले सबैको घर आँगनमा पाइला टेकिसकेको छ। मानिसहरू दशैँ हर्सोल्लासका साथ मनाउनलाई जुटिरहेका छन्। तर यहीँ दशैँ टिस्टा नदी किनारामा काम गरेर जीवन गुजारा गर्ने कोइरी मजदुरवर्गका निम्ति भने निराशपूर्ण बनेको छ। टिस्टा नदी किनारासँगै पहाडका खोला-नदीहरूमा रहेका बन्द कोइरीहरू आजसम्म विभागीय पक्षबाट अनुमति नपाउँदा सञ्चालन हुन नसकेको हो।
Complete Reading

प्रतिविम्ब न्यूज पोखरेबुङ 10 अक्टोबर। नौवटा चियाकमान,तीनवटा बस्ती र एउटा बजारको साझा संसाधन मानिएको पोख्रेबुङ नजिक साङ्गेटारमा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि विशेषज्ञ उपलब्ध नभएकोले जचाँउन आउने रोगीहरू बिचल्नीमा परेका छन्। डाक्टरको अभावसितै यस स्वास्थ्य केन्द्रलाई बन्द गरिने हल्लासमेत चुलिएपछि सामाजिक कार्यकर्ता जगत पौड़्याल जाँच पड़तालको निम्ति यस स्वास्थ्य केन्द्रमा गएका थिए ।तिनी यहाँ
Complete Reading

प्रतिविम्ब न्यूज रेलिङ, 12 अगस्त। रेलिङक्षेत्रमा  ग्रामीण पर्यटनलाई प्रोमोट गर्न इको टुरिज्म विस्तार गरेर स्थानीय बेरोजगारहरूलाई रोजगार प्रदान गर्न रेलिङ ग्राम पञ्चायत अधिनस्थ गुम्बाटार ईगल पार्कमा आज ग्रामीण पर्यटन विभागका संयोजक एवं एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजम (एड) संयोजक राज बासुको उपस्थितिमा सभामा सम्पन्न भयो। हालमा भग्नावशेषमात्रै रहेको ऐतिहासिक रुपमा देवान-देवानीहरुको दरबार मानिने गुम्बा परिसरलाई
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ  8 अगस्त। मनरेगा योजना मार्फत दार्जिलिङ-पुलबजार विकास खण्डको तर्फबाट गोक-१,गोक-२, रेलिङ,चुङथुङ,कैजले अनि बिजनबारी-पुलबजार ग्राम पञ्चायतमा जम्मा २५,००० वटा अनारसको विरुवा स्थानीय लाभार्थीहरुलाई खेतीको निम्ति वितरण गरिएको छ। बिजनबारी खण्ड अन्तर्गत अनारसको खेती हुनसक्ने सम्भावना भएका ठाउँहरुलाई विभागीयरूपमा चिह्नित गरी सोही ठाउँका लाभार्थीहरुलाई उक्त अनारसको बिरुवा प्रदान गरिएको जानकारी खण्ड विकास अधिकारी कौशिक
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 4 अगस्त। सम्बन्धित निकायको प्रतीक्षा नगरी सिहँलिला हाइपिक गाइड तथा पोटर एशोसिएसन रङ्गीत मझुवाले बिजनबारीलाई  मझुवा भएर मानेभञ्ज्याङसम्म जोड़्ने सड़कको लगभग २ किलोमीटर सरसफाइ गरेको छ। आइपीएफ चर्चदेखि शुरुआत गरेको उक्त सरसफाइ कार्यक्रममा बारसिङे गाउँसम्म सड़कको नालीमा रहेको माटो, ढुगा,हिलो लगायत पन्साउदै सड़कलाई सुचारु बनाएको छ। लामो समयदेखि वरिपरिको पानीहरु सड़कमा नै
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 2 अगस्त। खरसाङ महकुमा अन्तर्गत तीनधारेको लोवर भानुग्राम क्षेत्रमा पैह्रो गएर यहाँको घरहरूलाई निक्कै खतरा भएको छ । केही दिनदेखि लगातार परिरहेकोले एनएच 55 अन्तर्गत तीनधारेको ठूलो पैह्रोदेखि केही पर लोवर भानुग्राम गाउँमा बुधवार बिहान 7 बजेतिर पैह्रो गएपछि लगातार रूपमा पैह्रो गईरहेकोले स्थानीयहरू निकै भयभीत बनेका छन् । यस पैह्रोले भानुग्राम
Complete Reading

प्रतिविम्ब न्यूज सुकेपोखरी २ अगस्त। आज बिहानदेखि लगातार परेको मुसलधारे पानीले सुकेपोखरी बजारदेखि केही टाँडा मीम चियाबारी फाटकमा पैह्रोग्रस्त बनेको छ। उक्त परिसरमा धस्किएको  पैह्रोसितै ठूलो धुप्पीको रूख पनि सड़कमा नै लड़ेकोले गर्दा आज यातायात उक्त सड़क हुँदै  दार्जीलिङ अनि अन्य क्षेत्रहरूमा जाने वाहनहरू लगभग तीनघण्टासम्म ठप्प बन्यो।पछिबाट जोरबंगलो थानाका पुलिसकर्मीहरू, वन विभागका कर्मचारीहरू, वाहन
Complete Reading

प्रतिविम्ब न्यूज लामागाउँ 2 अगस्त। नेहरु युवा केन्द्र युवा तथा खेलकुद मन्त्रालय भारत सरकारको मुख्य आयोजना तथा स्थानीय लामागाउँ वेलफेयर सोसाइटीको सहयोगमा गाउँमा रहेको माद्यमिक शिक्षा केन्द्र तथा प्राथमिक विद्यालय परिसरलगायत कैजले लामागाउँ मार्गमा सरसफाइ कार्यक्रम आयोजना गरी सम्मर इन्टरशीप कार्यक्रमको आयोजना गरेको छ। गत १ मईदेखि शुरु भएको उक्त गृष्मकालीन सरसफाइ कार्यक्रममा विभिन्न उदेश्यमुलक
Complete Reading

Create Account



Log In Your Account