‘आमा अहिले तपाईँलाई कस्तो छ? पैसा हाल्देको छु, त्याँ राम्रो डक्टर देखाउँनु नि फेरि, पैसाको लोप गरेर नदेखाउँनु नि।’ छोरोको लामो अर्तीसहितको भाषण सुनेर फोन राखेँ। ‘हन यो कान पनि कत्ति दुखेको च्वास्स-च्वास्स? हिज राती त झन् सहनै नसक्ने गरी दुखेको भनन !’ हर्कमाया दिदीलाई भने। हर्कमाया दिदीले भनी-‘परैको त छोरा कमाउने छँदैछ, के को
Complete Reading

  त्यो साल आमालाई ठूलीआमाले एउटा नयाँ लुङ्गी दिएकी थिइन्। जुन लुङ्गी आमाले दुई-चारचोटि लगाएर थन्काउनु भएको थियो। टीका आउनै लाग्दा त्यो लुङ्गी हँसियाले काटेर टुक्रा-टुक्रा पार्नुभो। सियो-धागो लिएर आँगनमा घाम ताप्दै बस्नुभो। त्यसरी आंगनमा बसेको केही बेरमा दुइवटा हाफपेण्ट तयार भो। “यो नयाँ लुगा दशैंको लागि”, दाजु र मलाई लगाइदिएर भन्नुभो,“यो लगाएर टीका लगाउनू।” 

मसिना कुराहरूलाई मिहिन अनि कलात्मकरूपमा कथा बनाउने कथाकार हुन् सन्ध्या आचार्य। कथा कतिपय नामक भर्खरै कथा संग्रह प्रकाशित गरेर राम्रो कथाकारको रूपमा परिचय कमाइसकेकी हुन्। मोहक शिल्पकारिताका धनी सन्ध्या आचार्य हालमा दार्जीलिङको कथाक्षेत्रमा परेको खड़ेरी भिजाउन आशालाग्दो झरी हुन् भन्न सकिन्छ। सन्ध्या आचार्यको कथा अपराधबोध यहाँ प्रतिविम्बका पाठकहरूको निम्ति प्रकाशित गरिएको छ। -सम्पादक “जीवन साँच्चिकै
Complete Reading

त्योसित एक दिन   ‘‘मलाई यसरी फगी लाग्दा कस्तो उकुसमुकुस हुन्छ हौ।’’- त्यसलाई नहेरेर झ्यालबाट बाहिर हेर्दै भन्छु म। ‘‘अब बर्खामै आइपुगिस्। यस्तै हो नि।’’- भन्दै झ्यालबाट बाहिर हेर्छ त्यो पनि। ‘‘हुन त दार्जीलिङमा के बर्खा के हिउँद। एउटै त हो मौसम।’’- भनेर ‘‘के खान्छस्?’’- सोध्छ। मतिर फर्केर मुसुक्क हाँस्छ पनि। ‘‘तँ जे-जे खाँदैनस्, म
Complete Reading

    सामान बोकेर ओहोर-दोहोर गर्दा बाजे हाम्रै घरछेउ भएर हिँड्नेगर्थ्यो। मलाई मिठाई दिएर जान्थ्यो। कोहीबेला म्वाईँ पनि खान्थ्यो। कोहीबेला “पोक्ची केटी कति किलो छ हँ? ” भन्दै मलाई बोकेर च्याप्पै छातीमा टँसाउँथ्यो।   दशैँ आउनु अझै एक महीना थियो। हामी साना-साना केटाकेटी दशैँ कहिले आउने भनी दिन गन्दै बसेका थियौं। मेरो दाजुले त कोइला
Complete Reading

भारतीय नेपाली साहित्यमा युवा नारी कथाकार एकदमै कम छन् |  वास्तवमा नारी सर्जकहरू नै कम छन् |  तर हामीले भर्खरैमात्र ‘कथा कतिपय’ जस्तो सुन्दर कथाको किताबसितै अतिनै सुन्दर कथाहरू लेख्ने युवा नारी कथाकार पाएका छौं- सन्ध्या आचार्य | सन्ध्या आचार्य एकजना राम्रो संभावामा बोकेकी कथाकार हुन् |  तिनी ससाना विषयहरूलाई टिपेर ससाना वाक्यगठन र संवादको
Complete Reading

साहित्यिक परिचय नाम : महेश दाहाल पिता : पदम दाहाल माता : एनुदेवी दाहाल जन्म मिति : ३ मार्च १९८९ जन्म स्थान : रङ्दु बस्ती, गोक, दार्जिलिङ। शिक्षा : एम. ए (नेपाली), पी.एचडी(अध्ययनरत) प्रकाशित कृति : आफ्नै खोजको संसारमा (कविता सङ्ग्रह, सन् २००९) प्रेरणा अनुभूतिका (कविता सङ्ग्रह, सन् २०१२) रङ्गहीन तरङ्ग (रूबायात, सन् २०१३) भुलेर
Complete Reading

Create Account



Log In Your Account