ताजा खबर :

आफ्नो अन्तिम इच्छा पालेर बाँचिरहेको छ घरको बूढ़ो दलीन कि आफू मर्नुभन्दा अघि फर्कियोस् ती एकजोड़ पाइँलाहरूलाई र ठेस लागुन् एकपल्ट फेरि आफ्नो बूढ़ो छात्तीमा।   पर्खेर बसेका छन् यी झ्यालहरूले पनि ती अबेर रातहरूलाई जतिबेला चिसो सिरेटोसितै पर्खिदिनुपर्थ्यो घरभित्र सुटुक्कै छिर्ने रक्सीमिश्रित तातो सासहरूलाई।   उक्कालै-उक्कालो हिड़ेर हराएका ती पाइँलाहरू फर्किएको पदचापहरूको तिर्सना पालेर
Complete Reading

मूल कवि- अट्टो रेनो क्यास्टिल्लो अनुवादक- सुरज शर्मा, दार्जीलिङ। एकदिन केरकार गर्नेछन् मेरा देशका अराजनैतिक बुद्धिजीवीहरूलाई आम मान्छेले। उनीहरूलाई सोधिनेछ- जब उनीहरूको देश मीठो आगोजस्तै सानो र एक्लो भएर विस्तारै मरिरहेको थियो तब उनीहरू के गरिरहेका थिए ?   उनीहरूको लुगाबारे दिवाभोजनपछिको उनीहरूको लामो आरामबारे कसैले केही सोध्ने छैन ‘पाङमुङे सोच’ ले लड़िएको उनीहरूको बाँझो
Complete Reading

दशैँको उपहार झर्के थालमा रातो अछेता टीका मुछेर राख म आउँदैछु सधैं झैँ यसपाली पनि ओ दार्जीलिङ , तिम्रो निधारमा लागेका बिस्मातका धर्साहरु मेटाउन । म आउँदैछु सधैं झैँ यसपाली पनि स्वार्थ र प्रतिशोधले फाटेका मनहरु समेटेर नयाँ फाँटहरु निर्माण गर्न ।   थाह छ मलाई, तिमी दु:खेकी छ्यौ आफ्नैहरुद्वारा लुटिएकी छ्यौ अपमानित र बलतकृत
Complete Reading

गत २५ र २६ अगस्ट २०१८ को दिन मङ्गलबारे वरिष्ठ माध्यमिक विधालय, पश्चिम सिक्किममा नेपाली भाषा मान्यता दिवस समारोह समिति र स्फुरण साहित्य प्रकाशनको संयुक्त आयोजित २७औं नेपाली भाषा मान्यता दिवस समारोहमा भएको खुल्ला नेपाली कविता प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्रापक कविताहरू यहाँ प्रस्तुत छ। उक्त कार्यक्रममा १६ जना कविहरूले सहभिगिता जनाएका थिए।  भने प्रतियोगिताक
Complete Reading

निर्मल तामाङ जन्म : १६ सेप्तेम्बर १९८५ आमा : मनमाया तामाङ आपा : कर्मासिँह तामाङ शिक्षा : स्नातक जन्मथलो : पूर्व समालबोङ बस्ती, सिञ्जी, कालेबुङ     पाठशाला चोर नै निर्माण गर्नु हो भने किन पठाउनु पाठशाला? र पढाउनु छोराछोरी..।   गरेकै हो हजारचोटि गह्रौ प्रश्न आफैलाई र भन्न मन लागेको हो तिमीलाई- जुन इञ्जिनियरको
Complete Reading

देश-गीत   म कहीँ तिस्टा बगेको छु कहीँ म गङ्गा बगेको छु मेरा श्वास-प्रश्वास-निश्वासमा देश सङ्गीत भरेको छु। हिमालका उच्चतम टाकुरामा कहीँ म देश हाँसेको छु फैलिएका विशालतम रेगिस्तानमा म कहीँ बालुवा बाँचेको छु। खेतका हरिया बालीहरूमा कहीँ नाव-सिर्जना भई उभिएको छु नदी-पहाड़ शस्य स्यमलाहरूमा नाव उमङ्गको बतास बहेको छु। म कहीँ अक्षर बनेको छु
Complete Reading

पुरन कुमार भण्डारी ठेगाना : खेचोपेरी, पश्चिम सिक्किम पिता : बमबहादुर भण्डारी माता : मनमाया भण्डारी शिक्षा : बी ए प्रकाशित कृति : मेरो खुशी (गीत सङ्ग्रह) लालटिन   अन्धकारको रुडीवाद च्यातेर सन्ततिको भाग्य लेख्न सँधै कालो धुवाँ पिउने लालटिन कहिल्यै आफू उज्यालोमा बाँच्न पाएन युगौँ भयो कहिल्यै खित्का छोडेर स्वातन्त्र हाँस्न पाएन सँधै भान्सा घरको खोपामा जीवन
Complete Reading

निर्दोषिका तामाङ भारतीय नेपाली गजल लेखनमा निरन्तर कलम चलाइरहेकी एक सशक्त नारी हस्ताक्षर हुन्। यिनको गजल सङ्ग्रह ‘स्मृतिका सौगातहरू’ (२०१२)-लाई भारतीय नारी गजलगोद्वारा प्रकाशित पहिलो गजल सङ्ग्रह मान्न सकिन्छ। निर्दोषिकाका गज़लहरूमा गजलका अन्तरिक र बाह्य संरचना दुवैको निर्वाह सफलतापूर्वक भएको देखिन्छ। यिनका सङ्ग्रहमा सङ्ग्रहित गजलहरूभन्दा पनि अहिले लेखिंदै गरेका गजलहरूमा निक्कै परिमार्जन आएको देखिन्छ, भावको
Complete Reading

उद्घोषणा धरतीमाथि उभेर फरक सपना देख्न सिकाउनु बा! मलाई युद्ध लड़्न सिकाउनु।   आकास छुने सपना देख्नु छैन मलाई धरतीमाथि बाँच्नलाई सैयौं युद्ध लड़्नु छ चर्किरहन्छ हरपल यहाँ म उभिँएको भुइँ त्यसैले मेरो धरतीको निम्ति युद्ध लड़्न सिकाउनु मान्छेको परिचय कोर्न सिकाउनु बा! मलाई युद्ध लड़्न सिकाउनु।   धरतीकै बघैँचामा पुतलीसम्म खेल्न नपाएको मलाई आकास
Complete Reading

पुष्कर सिंगर नेपाली रुबाई विधामा सशक्त कलम चलाउने स्रष्टा हुन्। कथा, कविता आदि विधामा कलम चलाउने उनले ‘फुलको थप्पड’ नामक रुबाई सङ्ग्रह सन् २०१५ मा  प्रकाशन भएपछि उक्त कृतिले महत् सफलता प्राप्त गरेको हो। उनका रुवाइयातमा प्रेम प्रसङ्गका आकर्षण र विकार्षण, सामाजिक-आर्थिक-राजनैतिक पक्षको उद्घाटन कलात्मकरूपमा अभिव्यक्त भएको पाइन्छ । १  तिम्रो उचाइ तिमीले ईटाले बनायौ
Complete Reading

Create Account



Log In Your Account